काठमाडौं : एनएमबि बैंकको वार्षिक साधारण सभा आज बिहीबार (पुस २२ गते) बस्दैछ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल काठमाडौंमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ । सभामा बैंकले त आर्थिक वर्षको नाफाबाट १२.५% बोनस सेयर र कर प्रयोजनसमेत गरी ३.३% नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजानेछ । यस्तै, बैंकको जारी पुँजी १६ अर्ब ३२ करोड रुपैयाँबाट बढाएर १८ अर्ब ३६ करोड रुपैयाँ पुर्याउने एजेन्डा पनि रहेको छ ।
बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ । साथै, आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल गरी पारित गर्ने प्रस्ताव छ । हाल बैंकको चुक्ता पुँजी १६ अर्ब ३२ करोड ५९ लाख ६० हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ पुग्नेछ ।