प्रधानन्यायाधीश–पत्नीको नाममा अर्बभन्दा बढी अवैध सम्पत्ति रहेको दाबी गर्दै उजुरी

 संवाददाता    २०७८, २१ पुष बुधबार ०८:३७     94 जनाले पढ़िसके



Spread the love

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका परिवार र अन्य अन्य आफन्तको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा निवेदन दिएका डा. गोविन्द केसीले यसै विषयमा अर्काे उजुरी हालेका छन्। बृहत् नागरिक आन्दोलनका तर्फबाट डा. केसीले हिजो मंगलबार पूरक निवेदन दिएका हुन्। जसमा उनले प्रधानन्यायाधीश जबराकी पत्नी रेजी राणा क्षत्रीका नाममा अवैध स्रोतबाट आर्जित एक अर्बभन्दा बढीको सम्पत्ति रहेको दाबी गर्दै छानबिन गर्न विभागसँग आग्रह गरेका छन्। यसअघि डा. केसीले यही पुस ११ गते प्रधानन्यायाधीश जबराको परिवारका सदस्य र अन्य आफन्तका नाममा स्रोत नखुलेको सम्पत्ति रहेको भन्दै छानबिन र कारबाही गर्न माग गरी पहिलो निवेदन दिएका थिए।