नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पनि कोभिड पोजेटिभ देखिएको छ । उनमा सामान्य लक्षण देखिएको प्राप्त विवरणहरूमा जनाइएको छ । पोजेटिभ देखिएपछि उनी आइसोलेसनमा रहेका छन् । केजरीवालले ट्वीट यसको जानकारी दिएका हुन्। केजरीवाल पञ्जाब र उत्तराखण्डमा आम आदमी पार्टीको चुनाव प्रचार गरिरहेका छन् । सोमबार केजरीवाल देहरादूनमा र्याली गरेका थिए । यस दौरान उनले मास्क लगाएका थिएनन् ।भारतमा कोभिड सङ्क्रमण तीव्र फैलिएको छ ।
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै सङ्क्रमितको सङ्ख्या बढेको हो । औसतमा दैनिक ३५ हजारसम्म नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो साता कोभिड सङ्क्रमितको सङ्ख्या २२ प्रतिशतले बढेको छ । भारतमा कोभिडको तेस्रो लहर सुरु भइसकेको विज्ञहरूले बताएका छन् । त्यस्तै, नयाँ भेरियन्टबाट सङ्क्रमित हुने पनि बढेका छन् । भारतमा अहिलेसम्म एक हजार ७०० जनामा नयाँ भेरियन्ट देखिएको छ । तीमध्ये महाराष्ट्रमा सबैभन्दा बढी अर्थात् ५१० जनामा सङ्क्रमण देखिएको छ ।