कोभिड ओमिक्रोन: भारतमा कोरोना भाइरस सङ्क्रमित मानिसको सङ्ख्या फेरि उकालो लाग्यो, तेस्रो लहरको त्रास बढ्यो

 संवाददाता    २०७८, १७ पुष शनिबार १३:१०     71 जनाले पढ़िसके



Spread the love

भारतमा गत साता कोभिड भएका मानिसको सङ्ख्यामा ठूलो वृद्धि भएको देखिएकाले त्यहाँ ओमिक्रोनका कारण कोरोनाभाइरस महामारीको तेस्रो लहर आउने त्रास फैलिएको छ।

शनिवार बिहान प्रकाशित तथ्याङ्कका अनुसार विगत २४ घण्टामा देशभरि २२,७७५ सङ्क्रमण पुष्टि भएको छ। सो अवधिमा ४०६ जनाको कोभिडका कारण मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यो अक्टोबरयता एकैदिन भएको सर्वाधिक वृद्धि हो।

त्यस्तो वृद्धि राजधानी दिल्ली, आर्थिक केन्द्र मुम्बई र कोलकाताजस्ता उच्च जनघनत्व भएका सहरमा देखिन्छ।

यसअघि शुक्रवार बिहान सरकारले २४ घण्टाको अवधिमा १६,७६४ जनामा सङ्क्रमण पुष्टि भएको तथा २२० जनाको मृत्यु भएको जनाएको थियो।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिले देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी छ।