आज बाट शुरु भयो अङ्ग्रेजी नयाँ वर्ष २०२२

 संवाददाता    २०७८, १७ पुष शनिबार ०८:०५     94 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । ग्रेगोरियन पात्रो अनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२१ शुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन् सुरुवात् भएको मानिन्छ ।

पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउछन् ।

विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ । पछिल्ला वर्षहरुमा नेपालमा पनि इस्वी सन् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा अघिल्लो साँझ ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ ।यो सङ्गसङ्गै आज नेपाल लगायत विश्वभर नेपालीहरुले राष्ट्रिय ढाकाटोपी दिवस मनाउने गर्दछन।