दस्तावेजमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रचण्ड

 #माओवादी     २०७८, १६ पुष शुक्रबार १५:३९     96 जनाले पढ़िसके



Spread the love

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जवाफ दिन सुरु गरेका छन् ।

राजधानीको प्रज्ञा भवनमा आयोजित महाधिवेशनमा विभिन्न २५ समूहले दिएको सुझाव र प्रश्नहरूको अध्यक्ष दाहालले जवाफ दिन सुरु गरेका हुन् । समूहगत छलफलको प्रस्तुतीकरण सकिएपछि प्रचण्डले जवाफ आज सुरु गरेका हुन् ।

माओवादी महाधिवेशनको आज छैठौं दिन हो । दस्तावेजमाथि उठेका प्रश्नकाे जवाफ दिइसकेपछि निर्वाचन प्रक्रिया सुरु गर्ने माओवादीले जनाएको छ ।