माओवादी महाधिवेशन : देव गुरुङले प्रस्तुत गरे विधान मस्यौदा, पदाधिकारीको संख्या १५ बनाउन प्रस्ताव

 #माओवादी     २०७८, १२ पुष सोमबार १५:३१     93 जनाले पढ़िसके



Spread the love

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य देव गुरूङले ८ औं महाधिवेशनअन्तर्गत सोमवार शुरू बन्दसत्रमा विधान मस्यौदा प्रस्तुत गरेका छन् । यो मस्यौदामा पदाधिकारीको संख्या १५ बनाउन प्रस्ताव गरिएको छ । यो मस्यौदामा पदाधिकारीको संख्या १५ बनाउन प्रस्ताव गरिएको छ ।

पार्टीको अन्तरिम विधानमा पदाधिकारीको व्यवस्था गरिए पनि संख्या नतोकिएको सन्दर्भमा पदाधिकारी संख्या बढाउने प्रस्ताव गरिएको हो ।

विधानमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षको व्यवस्था गरिएको छ, जसअनुसार उपाध्यक्ष मात्रै ७ जना रहने प्रस्ताव गरिएको छ । यस्तै सचिवको संख्या पनि बढ्ने बताइएको छ । विधान प्रस्ताव पारित भएलगत्तै महाधिवेशनमा उपस्थित प्रतिनिधिहरूको समूह विभाजन गरेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी समिति सदस्य देव गुरुङले प्रस्तुत गरेको विधान मस्यौदामाथि छलफल हुनेछ ।