एकीकृत समाजवादीले प्रदेश १ मा बनायो २७ विभाग, कुन कुन विभागमा को को?

 #नेकपा एकीकृत समाजवादी     २०७८, १२ पुष सोमबार ०८:४०     109 जनाले पढ़िसके



Spread the love

विराटनगर- नेकपा एकीकृत समाजवादीले प्रदेश १ कमिटीका विभागहरू गठन गरेर त्यसको नेतृत्व पनि चयन गरेको छ। प्रदेश कमिटीको बैठकपछि त्यसको निर्णयबारे जानकारी दिँदै एकीकृत समाजवादीका प्रदेश अध्यक्ष बलदेव चौधरीले पार्टी कमिटी अब चलायमान बन्ने बताए।

अध्यक्ष चौधरीले पार्टीको प्रदेश १ मा २७ वटा विभाग र फाँट गठन भएको जानकारी दिएका छन्। जसअनुसार राजकीय मामिला विभाग प्रमुखमा अध्यक्ष चौधरी, स्कुल विभाग प्रमुखमा राजन राई र सचिव केशव तिम्सिना, संगठन विभाग प्रमुखमा महेश रेग्मी, सचिव बद्री सापकोटा चयन भएका छन्।

त्यसैगरी महिला फाँट प्रमुखमा सरिता थापा र उपप्रमुख शारदा घिमिरे, मोर्चा संगठन प्रमुख केशव विष्ट, आर्थिक विभाग प्रमुखमा उपेन्द्र घिमिरे र उपप्रमुख लिमा अधिकारी, विद्यार्थी फाँट प्रमुख ओसिम आलम, युवा फाँट प्रमुखमा मुना शर्मा र उपप्रमुख गौरीमान परियार चयन भएका छन्।

त्यस्तै खेलकुद फाँट प्रमुखमा रबिन नगरकोटी, प्रचार विभाग प्रमुख कौशल चेम्जोङ, सहकारी विभागमा वीरेन्द्र यादव, श्रम तथा रोजगारमा नरेन्द्र राउत, सहरी विकासमा किरण ओझा, स्वास्थ्य फाँटमा अञ्जनी पोखरेल, साहित्य संस्कृतिमा विद्या चाम्लिङ, स्थानीय तह विभागमा बबि चाम्लिङ कृषि तथा भूमिसुधारमा मणि दाहाल, किसान फाँटमा सावित्रा रेग्मी, कानुन विभाग प्रमुखमा कुलप्रसाद फुयाँल र उपप्रमुखमा कृपाराज चौधरी, संघीय तथा प्रादेशिक मामिलामा धर्मराज पौडेल चयन भएका छन्।

मुल्मि फाँटमा महफुज अन्सारी प्रमुख र कासिम मियाँ उपप्रमुख, बुद्धिजीवी प्रमुखमा डा. उद्धव पोखरेल, उपप्रमुख कविराज घिमिरे, शिक्षा विभाग प्रमुखमा भीम बस्नेत र उपप्रमुखमा सुरेश पराजुली चयन भएका छन्।

त्यसैगरी उपभोक्ता हित विभागमा सीताराम घिमिरे, समाज कल्याणमा कोषराज न्यौपाने तथा अर्थ योजना विभागमा गोपालबहादुर भट्टराईले प्रमुखको जिम्मेवारी पाएका छन्। यसबाहेक संगठन विस्तारलाई तीव्रता दिने, पार्टी सुदृढीकरण अभियानलाई अझै जोड दिने निर्णय बैठकले गरेको अध्यक्ष चौधरीले जानकारी दिएका छन्।