माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

 #माओवादी     २०७८, ९ पुष शुक्रबार १०:५६     124 जनाले पढ़िसके



Spread the love

काठमाडौं, : नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा शुक्रबार बिहान बैठक सुरु भएको हो।

बैठकमा आइतबारदेखि हुने राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज तथा सम्मेलनका विविध पक्षमा छलफल हुने बताइएको छ।

सम्मेलनका लागि अध्यक्ष प्रचण्डले १५ दिन लगाएर राजनीतिक दस्तावेज लेखेका थिए । उनले बिहीबार मात्र दस्तावेज लेखेर सकाएका थिए।

सो दस्तावेजलाई स्थायी कमिटीको सुझावलाई समेटेर पूर्णता दिने तयारी छ।

माओवादीको राष्ट्रिय सम्मेलन पुस ११ गते (आइतबार) देखि राजधानीमा सुरु हुनेछ।