भेटिए ७ दिनदेखि सम्पर्कविहीन चन्द्रे कामी।

 संवाददाता    २०७८, ७ पुष बुधबार १०:१२     125 जनाले पढ़िसके



Spread the love

सुर्खेत । अन्तरजातीय विवाह गरेपछि ७ दिनदेखि सम्पर्कविहीन हुम्लाका चन्द्रे कामी भेटिएका छन् । हुम्लाका डीएसपी हेरम्ब शर्माकाअनुसार गत मंसिर २९ गतेदेखि सम्पर्कविहीन कामी बिहान भेटिएका हुन् ।

उनको खोजीमा गएको प्रहरीले खार्पुनाथ गाउँपालिकामा फेला पारेको छ । ‘चन्द्रेको खोजीका लागि ४० जना प्रहरी परिचालन गरेका थियौँ । बिहान ८ बजे हिँडिरहेको अवस्थामा चन्द्रेलाई फेला पारिएका छौँ,’ डीएसपी शर्माले भने, ‘ उनलाई सदरमुकाम ल्याइँदैछौँ, बाँकी विवरण यहाँ ल्याएपछि मात्र थाहा हुन्छ । हुम्लाको सर्केगाड गाउँपालिका-१ जैर गाउँका चन्द्रेले मंसिर ५ गते मुगुको सोरु गाउँपालिका- की सुन्तली मल्ललाई भगाएपछि रमिलाका माइती पक्षले २९ गते राती खोसेर लिएका थिए । त्यसै दिनदेखि चन्द्रे सम्पर्कविहिन थिए । सुन्तली र उनका बुवा प्रहरीको निगरानीमै छन् ।