केन्द्रीय सदस्य खुलातर्फको मतगणना १० बजेबाट सुरू हुँदै

 #कांग्रेस महाधिवेशन     २०७८, ३ पुष शनिबार ०८:४६     65 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणना र मतपरिणाम आउने क्रम जारी छ ।

आज केन्द्रीय सदस्य खुलातर्फको मतगणना हुनेछ । बिहान १० बजेबाट मतगणना सुरु हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । खुलातर्फ ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

मतगणनामा उमेदवार र एक÷एकजना प्रतिनिधि उपस्थित हुन निर्वाचन समितिले अनुरोध गरेको छ । पदाधिकारीको मतगणना सम्पन्न भइसकेको छ । कांग्रेसको नयाँ नेतृत्वमा सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय, जीवन परियार, भीष्मराज आङ्देम्बे, फर्मुल्लाह मन्सुर, किशोरसिंह राठौर, महेन्द्र यादव र उमाकान्त चौधरी निर्वाचित भएका छन् ।