यी हुन काँङ्ग्रेसका निर्वाचित सहमहामन्त्री यसपछि केन्द्रीय सदस्यको भोट गन्न थालिने

 #कांग्रेस महाधिवेशन     २०७८, २ पुष शुक्रबार १७:३१     128 जनाले पढ़िसके



Spread the love

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको मतगणना सुरु हुने भएको छ।

गत सोमबार सम्पन्न निर्वाचन अन्तर्गत सभापतिसहित पदाधिकारीको मतगणना सकिएसँगै केन्द्रीय सदस्यको मतगणना सुरु गर्न लागिएको हो।

सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीको मतगणना सकिएसँगै केन्द्रीय सदस्यको मतगणना हुन लागेको हो। शुक्रबार ८ जना सहमहामन्त्रीको मत गणना सकिएपछि केन्द्रीय सदस्यको मतगणना थालिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

सहमहामन्त्रीको मतगणना सकिए लगत्तै मधेसी महिला केन्द्रीय सदस्यको मतगणना सुरु हुन लागेको हो।

उक्त समूह अन्तर्गत ४ जना केन्द्रीय सदस्यका लागि पाँच उम्मेदवार रहेका छन्। किरण यादव, नागिना यादव, मञ्जु कुमारी यादव, मीनाक्षी झा र मुक्ता कुमारी यादव चुनावी प्रतिस्पर्धामा छन्। गत सोमबार सम्मपन्न निर्वाचनमा कूल ४६८६ मत खसेको थियो।

यसअघि सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन्।

त्यस्तै सहमहामन्त्रीमा महिला र आदिवासी जनजाति समूहमा देउवा पक्षका महालक्ष्मी उपाध्याय (डिना) र भीष्मराज आङ्देम्बे विजयी भएका छन्। त्यस्तै खसआर्यमा किशोर सिंह राठौर विजयी भएका छन्। मुस्लिममा फरमुल्लाह मन्सुर विजयी भए। पिछडिएको समूहबाट बद्री पाण्डे र दलित समूहबाट जीवन परियार विजयी भएका हुन्।