रक्षामन्त्री रिजालले दिए राजीनामा

 संवाददाता    २०७८, १ पुष बिहीबार १६:३६     92 जनाले पढ़िसके



Spread the love

काठमाण्डाै – रक्षामन्त्री मिनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिएका रिजालले पराजित भएपछि राजीनामा दिएका हुन ।

उनले आज बिहीवार प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका छन। यसअघि मन्त्री रिजालले मतगणना भइरहँदा नै राजीनामा दिने घाेषणा गरेका थिए।

यसैबीच कांग्रेस महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन।