८७८ मतान्तरले, देउवा सभापतिमा विजयी पाए २७३३ मत

 #कांग्रेस महाधिवेशन     २०७८, २९ मंसिर बुधबार ०५:२८     98 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा दोस्रोपटक निर्वाचित भएका छन्।

कुल खसेको चार हजार ६२३ मतमा सभापतिमा निर्वाचित शेरबहादुर देउवाले २७३३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी सभापतिमा पराजित डा. शेखर कोइरालाले १८५५ मत प्राप्त गरेका छन् । उनी ८७८ मत अन्तरले पराजित भएका हुन् । २५ मत बदर भएको मतदान अधिकृत सुनील पाण्डेले जानकारी दिए ।