देउवालाई जितका लागि २९९ मत आवश्यक

 संवाददाता    २०७८, २९ मंसिर बुधबार ०१:५४     103 जनाले पढ़िसके



Spread the love

शेरबहादुर देउवालाई नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनका लागि २९९ मत आवश्यक छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ३३१८ मत गणना हुँदा देउवाले १९८४ मत प्राप्त गरेका छन्। जितका लागि २२८३ मत आवश्यक पर्छ।

अहिलेसम्मको मत परिणाम अनुसार सभापतिका अर्का उम्मेदवार डा. शेखर कोइरालाले १३०९ मत प्राप्त गरेका छन्। अब गणना गर्न १२४६ मत गणना गर्न बाँकी छ।

काठमाडौंको राष्ट्रिय सभागृहमा राति सवा ११ बजेदेखि मतगणना शुरु भएको हो। मंगलबार अपराह्न साढे ३ बजेबाट शुरु भएको मतदान राति साढे ९ बजेसम्म मतदान भएको थियो।कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ४७४३ मतदातामध्ये ४५६४ जनाले मतदान गरेका छन्। सभापतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत पाउनुपर्छ।