कांग्रेस महाधिवेशन : दोस्रो चरणको निर्वाचनमा सभापतिमा देउवालाई नै समर्थन गर्दै निधी,सिंह र गुरुङ

 #कांग्रेस महाधिवेशन     २०७८, २८ मंसिर मंगलवार १२:५९     95 जनाले पढ़िसके



Spread the love

काठमाडौँ- कांग्रेस सभापतिको पहिलो चरणबाट बाहिरिएका उपसभापति विमलेन्द्र निधीले शेरबहादुर देउवालाई नै समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् ।

कांग्रेस सभापतिको दोस्रो चरणको चुनावमा देउवा र नेता शेखर कोइराला प्रतिस्पर्धामा छन् । तर कोइरालालाई नेता प्रकाशमान सिंह र निधी र कल्याण गुरुङ तिनैजनाले समर्थन नगर्ने भएका छन्

देउवाको विकल्प खोज्दै चुनावी मैदानमा उत्रिएका उनीहरूबीच अन्ततः एकमत नहुँदा कांग्रेसको नेतृत्व देउवामै पुग्ने लगभग निश्चित भएको छ । पहिलो चरणको चुनावमा ८२ मत नपुग्दा सभापति चुनिन सकेका थिएनन् ।

पहिलो चरणमा देउवाले २२५८, कोइरालाले १७०२, निधीले २४९, सिंहले ३७१ र गुरुङले २२ मत पाएका थिए ।