२६०० मत गन्दा : देउवासँग ४७.११ प्रतिशत

 #कांग्रेस महाधिवेशन     २०७८, २८ मंसिर मंगलवार ०७:२२     94 जनाले पढ़िसके



Spread the love

काठमाडाैँ । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसार सभापतिका प्रत्याशीद्वय शेरबहादुर देउवा र डा. शेखर काेइरालाबीच प्रतिस्पर्धा भइरहेकाे छ ।

२६०० मत गन्दा शेरबहादुरकाे १,२२५ मत आएकाे छ । त्याे ४७.११ प्रतिशत हाे । शेरखकाे भने ९८० मत आएकाे छ ।

शेरबहादुर र शेखरबाहेकका प्रतिस्पर्धीहरू भने धेरै मतान्तरले पछि छन् । विमलेन्द्र निधि, प्रकाशमान सि‌ंह र कल्याण गुरुङ शेरबहादुर र शेखरकाे अनुपातमा अगाडि बढ्न सकेका छैनन् ।