काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सुरु भएको सभापतिको मतगणनामा शेरबहादुर देउवाले अग्रता लिएका छन् । प्रारम्भीक मतगणनामा देउवाले अग्रता लिएका हुन् ।
९५० मतगणना गर्दा शेरबहादुर देउवाले ४५६ मत पाएका छन् । डा .शेखर कोइराला ३५७मत ल्याएका छन् ।
राष्ट्रिय सभागृहमा मतगणना जारी छ । राति १ बजे सुरु हुने भनिए पनि चार बजेपछिमात्रै मत गणना सुरु भएको हो । कांग्रेसको यो अधिवेशनमा ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४६७९ जनाले मत खसालेका छन् । पहिलो चरणमै सभापति निर्वाचित हुन उम्मेदवारले २३४० मत ल्याउनै पर्ने हुन्छ । यो भनेको ५१ प्रतिशत मत हो । यदि ५१ प्रतिशत मत कुनै पनि उम्मेदवारले नल्याएको खण्डमा दोस्रो चरणमा धेरै मत ल्याउने दुई जनाबीच प्रतिस्पर्धा हुनेछ । 