शनिबार बेलुकादेखि बसेको बन्दसत्रले २ सय १७ सदस्यीय प्रदेश कमिटि चयन गरेको छ। तर, यो कमिटिको बैठकबाट अध्यक्षसहित अन्य ९ पदका लागि पदाधिकारी चयन गर्नुपर्ने भए पनि सहमति नजुट्दा पदाधिकारीको टुंगो लाग्न नसकेको स्रोतले बताएको छ।
पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गर्ने भनिए पनि सहमति नजुट्दा पत्रकार सम्मेलनसमेत स्थगित गरिएको छ।
सोमबार बिहान बस्ने प्रदेश कमिटिको बैटकले पदाधिकारीको टुंगो लगाउने जानकारी दिइएको थियो। तर, बैठकले सर्वसम्मत निर्णय दिन नसकेको बताइएको छ।
लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल (गुल्मी), सुवास पुन (दाङ) लगायतको दावी रहेको स्रोतले बताएको छ।
