नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सभापति पदमा विजयका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवार डा. शेखर कोइरालालाई शुभकामना दिएका छन् ।
नेतृत्व चयनका लागि मतदान हुने दिने आज बिहान भेट्न बोहराटार पुगेका शेखरलाई नेता पौडेलले शुभकामना दिएका हुन् ।सोमवार बिहान नेता पौडेल र कोइरालाबीच बोहराटारमा भेटवार्ता भएको शेखर कोइरालाको सचिवालयले जनाएको छ ।
