दुई डोज भेरोसेल लगाएका दीर्घरोगी र जेष्ठ नागरिकलाई ‘बुस्टर डोज’ दिन सिफारिस

 #कोरोना     २०७८, २७ मंसिर सोमबार ०७:५३     69 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय खोप सल्लाहकार समितिले दीर्घरोगी र ६० वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको तेस्रो (बुस्टर) डोज दिन सिफारिस गरेको छ।

कोरोनाविरुद्ध दुई डोज भेरोसेल लगाएका दीर्घरोगी र ६० वर्षमाथिका सबै नागरिकलाई तेस्रो डोज दिन समितिले सरकारलाई सिफारिस गरेको हो।

दीर्घरोगी र जेष्ठ नागरिकमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले दोस्रो डोज लगाएको तीन महिना पूरा भएका सबैलाई तेस्रो डोज लगाउन सिफारिस गरिएको समिति संयोजक डा. रमेशकान्त अधिकारीले जानकारी दिए।

‘अब सरकारले निर्णय गरेपछि लक्षित समूहमा पर्ने व्यक्तिले बुस्टर डोज भेरोसेल खोप पाउँछन्,’ पौडेलले भने, ‘तेस्रो डोज पाउने दीर्घरोगीको सूचीमा क्यान्सर लागेका, अंग प्रत्यारोपण गरेका, एचआइभी संक्रमित र लामो समयसम्म औषधि सेवन गर्नुपर्ने बिरामीलाई राखिएको छ।’समितिले कोभिसिल्ड, फाइजर र जोन्सनलगायतका खोप लगाएकाहरुलाई भने बुस्टर डोज खोप सिफारिस गरेको छैन।