कांग्रेस महाधिवेशनमा यसरी हुँदै छ उम्मेदवारी दर्ता ।

 संवाददाता    २०७८, २५ मंसिर शनिबार १३:३६     67 जनाले पढ़िसके



Spread the love

काठमाडौं- नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा विभिन्न पदका लागि उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आज बिहान १० बजेबाट उम्मेदवारी दर्ता सुरु भएको हो।

मध्याह्न १२ बजेसम्म ५० जनाभन्दा धेरैले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका छन्। सभापतिमा कल्याण गुरुङले उम्मेदवारी दर्ता गरेका छन्।

मनोनयन दर्ता गर्न सभापतिका लागि ३० हजार रुपैयाँ, उपसभापति र महामन्त्रीका लागि २५ हजार रुपैयाँ, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यको १० हजार रुपैयाँ दस्तुर निर्धारण गरिएको कांग्रेसले जनाएको छ।

निर्वाचन समितिले मनोनयनको लागि आज साँझ ५ बजेसम्म समय निर्धारण गरेको छ। आइतबार दावी विरोध सकेर अन्तिम नामावाली प्रकाशन गरिनेछ। उम्मेदवारी मनोनयनका लागि २० स्थानमा व्यवस्था गरिएको छ।