काठमाडौं– मेक्सिकोमा भएको सवारी दुर्घटनामा कम्तिमा ५३ जनाको मृत्यु भएको छ।सय जनाभन्दा बढी आप्रवासी बोकेको ट्रक बिहबिार राति दुर्घटनामा परेको बीबीसीले जनाएको छ।
दक्षिणी मेक्सिकोमा ट्रेलर र ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो।ग्वाटेमालाको सिमानामा रहेको चियापास राज्यको नागरिक सुरक्षा सेवाले दुर्घटनामा कम्तीमा ४८ जना घाइते भएको बताएको छ, जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको समाचारमा उल्लेख छ।