सिटौला निवासमा रामचन्द्र पौडेल : के उभिएलान महाधिवेशनमा एकै ठाँउ ?

 संवाददाता    २०७८, २२ मंसिर बुधबार १२:२८     81 जनाले पढ़िसके



Spread the love

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल अर्का नेता कृष्णप्रसाद सिटौलालाई भेट्न चन्डोलस्थित उनकै निवास पुगेका छन् । आफ्नो समूहबाट १४ औँ महाधिवेशनमा साझा उम्मेदवार तय गर्न सकस परिरहेका बेला पौडेल सिटौलालाई भेट्न पुगेका हुन् ।स्रोतका अनुसार आजको भेटमा पौडेलले सिटौलालाई आगामी महाधिवेशनबाट नेतृत्वका लागि सबैजना एक ठाउँमा उभिनुपर्ने प्रस्ताव अघि सारेका थिए । जवाफमा सिटौलाले यस विषयमा निर्णय लिन आफ्नो समूहमा छलफल गर्नुपर्ने बताएका थिए । दुई नेताबीच करिब आधा घण्टा छलफल भएको थियो । छलफलपछि नेता पौडेल आफ्नो निवास फर्किएका छन् । यता, साझा उम्मेदवार छान्नका लागि बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बोलाएको बैठकमा सभापतिका दाबेदारहरू नै नआएपछि अलपत्र बनेको छ । पौडेल केही बेर बैठकमा बसेर बाहिरिएका थिए । बैठकपछि उनी सिधै सिटौलालाई भेट्न उनकै निवासमा पुगेका थिए । यसअघि सिटौलालाई खासै महत्त्व नदिएका पौडेल उनकै निवास पुग्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ । उता, सिटौलाले जिल्लादेखि प्रदेश अधिवेशनमा पार्टीका सभापति शेरबहादुर देउवासँग ‘एलायन्स’ गरेका थिए । केन्द्रमा पनि सिटौला र देउवाबीच नै एलायन्स बन्न सक्ने चर्चा चलिरहेको छ ।