ओमिक्राेन बढेसँगै भारतमा काेभिडकाे तेस्राे लहर सुरु हुने विज्ञहरूकाे चेतावनी

 #कोरोना     २०७८, २२ मंसिर बुधबार १२:१९     89 जनाले पढ़िसके



Spread the love

नयाँ दिल्ली – भारतमा काेभिडकाे नयाँ भेरियन्ट ओमिक्राेन बढेकाे र यसका कारण अ‌ागामी वर्षकाे फेब्रुवरीसम्म तेस्राे लहर सुरु हुने विज्ञहरूले चेतावनी दिएका छन् । इन्डियन इन्स्टिच्युट अफ टेक्नाेलाेजीका वैज्ञानिक महिन्द्र अग्रवालले अ‌ागामी फेब्रुवरीसम्म दैनिक काेभिड संक्रमितकाे संख्या एक लाख ५० हजार पुग्ने अनुमान गरेका छन् ।

‘भारत सामान्य अवस्थामा फर्किरहेका बेला अ‌ाेमिक्राेनका बिरामी देखिनु ठूलाे धक्का हाे । समयमै पर्याप्त कदम चालिएन भने हामी तेस्राे लहरकाे जाेखिममा पर्नेछाैं ,’ अग्रवालले भने । अ‌ाेमिक्राेन भेरयन्ट डेल्टाजस्ताे खतरा नभएकाे पनि उनले बताए । अ‌ाेमिक्राेन चाँडै सर्ने भए पनि जाेखिम भने कम भएकाे उनकाे भनाइ छ । त्यस्तै,भारतीय मेडिकल एसाेसियसन (आईएमए) ले नयाँ भेरियन्टसँगै भारतमा तेस्राे लहर अ‌ाउने चेतावनी दिएकाे छ । तर, दाेस्राे लहर जस्ताे तेस्राे लहर घातक नहुने आईएमएले जनाएकाे छ । भारतमा २१ जनामा अ‌ाेमिक्राेन भेरियन्ट देखिएकाे छ । राजस्थानमा नाै, महाराष्ट्रमा अ‍ाठ, कर्नाटकमा दुई जनामा, गुज्रात तथा दिल्लीमा एक एक जनामा ओमिक्राेन देखिएकाे हाे । दक्षिण काेरियाबाट अ‌ाएका र उनीहरुकाे सम्पर्कमा रहेका व्यक्तिमा ओमिक्राेन देखिएकाे हाे । अहिलेसम्म नेपाल, अमेरिका, अस्ट्रेलिया, बेलायत, नेदरल्यान्डसहित ४५ देशमा ओमिक्राेन देखिएकाे छ ।