१९ प्रतिशत लाभांश वितरण गर्न नेपाल पुनर्बिमा कम्पनीलाई अर्थ मन्त्रालयको स्वीकृति

 संवाददाता    २०७८, २२ मंसिर बुधबार १२:१०     113 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीको प्रस्तावित लाभांश अर्थ मन्त्रालयले स्वीकृत गरेको छ ।

आर्थिक वर्ष २०७६/०७७ सम्मको सञ्चित मुनाफाबाट कम्पनीले हाल कायम चुक्ता पुँजीको १६.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत गरी २.५ प्रतिशत नगदसहित कुल १९ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।प्रस्तावित लाभांशमा असोज २० गते बिमा समितिबाट स्वीकृत गराई अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पठाइएको थियो ।मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वयन महाशाखाले पनि उक्त लाभांश स्वीकृत गरेकोले कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुने कम्पनीले जनाएको छ ।