सरकारले तयारी गर्यो बूस्टर डोजको : को को हुन्छन ‘बुस्टर’ डोजबाट लाभान्वित ?

 #कोरोना     २०७८, २० मंसिर सोमबार ०७:३५     65 जनाले पढ़िसके



Spread the love

काठमाडौं । सरकारले कोरोनाभाइरस (कोभिड—१९) विरुद्धको खोपको तेस्रो मात्रा अर्थात् ‘बुस्टर’ डोज दिने तयारी गरेको छ । खोपको पहिलो र दोस्रो मात्रा लगाएका दीर्घरोगीलाई तेस्रो मात्रा खोप दिने तयारी गरिएको हो ।आइतबार बसेको राष्ट्रिय खोप सल्लाहकार समितिको बैठकले सरकारलाई पहिलो र दोस्रो मात्रा खोप लगाएका तथा एन्टीबडी कम भएका दीर्घरोगी (क्यान्सर, मुटु, कलेजो, मिर्गौला, फोक्सोसम्बन्धी जटिल स्वास्थ्य समस्या भएका नागरिक) लाई बुस्टर डोज दिन सल्लाह दिएको परिवार कल्याण महाशाखाले जनाएको छ ।यस्तै, संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको तेस्रो मात्रा खोप दिने विषयमा मन्त्रालयमा छलफल भइसकेकाले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी भइरहेको बताए ।नेपालको कुल जनसङ्ख्याको ३४.१ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् भने पूर्ण मात्रा खोप २८.६ प्रतिशतले लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

के हो बुस्टर डोज ?

बुस्टर मात्रा भनेको खोपको अतिरिक्त मात्रा हो । प्रारम्भिक शृङ्खला भन्नाले केही महिना वा वर्षको फरकमा लगाइने एक वा त्यसभन्दा बढी खोपको डोज अर्थात् मात्रा भन्ने बुझिन्छ, यसले व्यक्तिलाई ब्याक्टेरियल वा भाइरल सङ्क्रमणबाट आधारभूत सुरक्षा प्रदान गर्छ । धेरै भाइरल संक्रमणका लागि बुस्टर खोप सामान्य हो । उदाहरणका लागि मौसमी फ्लूको प्रत्येक वर्ष बुस्टर खोप लगाउनुपर्छ । यस्तै, भाइरसले आफ्नो अनुवांशिक गुण परिवर्तन गरिरहेको हुनाले खोप हरेक वर्ष परिवर्तन हुन्छ । बूस्टर डोज क-कसले पाँउछन ? कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका दीर्घरोगीलाई बुस्टर डोज दिने योजना बनाएको स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखा प्रमुख डा. विवेकलाल कर्णले जानकारी दिए ।