कांग्रेस वाग्मती सभापतिमा इन्द्र बानियाँ निर्वाचित

 #कांग्रेस #कांग्रेस महाधिवेशन     २०७८, २० मंसिर सोमबार ०७:१५     108 जनाले पढ़िसके



Spread the love

काठमाडौं । कांग्रेस वाग्मती सभापतिमा इन्द्र बानियाँ निर्वाचित भएका छन् । बानियाँ जगदीश्वर नरसिंह केसीलाई १५८ मतले पछि पार्दै प्रदेश सभापतिमा विजयी भएका हुन् ।

निर्वाचित बानियाँले १०८५ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी केसीले ९२७ मत ल्याए । जम्मा २०२५ मत खसेकोमा १३ मत बदर भएको थियो ।

बानियाँ सभापति शेरबहादुर देउवा पक्षका हुन् भने केसी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् । शनिबार भएको त्रिपक्षीय भिडन्तमा केसी, बानियाँ र भीमसेन दास प्रधानमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आइतबार फेरि मतदान भएको थियो ।