अर्बिल, इराक- उत्तरी इराकमा इस्लामिक स्टेट जिहादी समूहले गरेको आक्रमणमा कम्तीमा तीन जना सर्वसाधारण र सात इराकी कुर्दिश पेशमेर्गा लडाकुको मृत्यु भएको छ ।
सेनाले शुक्रबार दिएको जानकारी अनुसार जिहादीहरूले अर्बिलको दक्षिणमा रहेको खिदिर जिजा गाउँमा आक्रमण गर्दा तीन सर्वसाधारणको मृत्यु भएको हो । पेशमर्गा, कुर्दिस्तानको सशस्त्र सेनाले जवाफी अपरेशन शुरु गरेको थियो। “आईएसहरूले बिछ्याएको विष्फोटक उपकरण पड्किदा सात लडाकुको मृत्यु भएको जानइएको छ । (एएफपी)