प्रतिनिधि विवादका कारण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनको नयाँ कार्यसमिति चयनका लागि एक दिन ढिला गरी शनिबार मतदान हुँदैछ । मतदानबाट अध्यक्षसहित १४९ सदस्य कार्य समिति चयन हुनेछ। वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देन प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् । अध्यक्षमा थापा र लिङ्देनबीच प्रतिस्पर्धा हुनेछ । थापा समूहबाट उपाध्यक्षमा बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान तथा महिला उपाध्यक्षतर्फ रोशन कार्कीले उम्मेदवारी दर्ता गराएका छन् । महामन्त्रीमा भाष्कर भद्रा, भुवन पाठक र महिला महामन्त्रीमा कुन्तीकुमारी शाही चुनावी प्रतिस्पर्धामा छन् । लिङ्देन समूहबाट उपाध्यक्षमा विक्रम पाण्डे, रामचन्द्र राय, डिलविकास राजभण्डारी, लीला श्रेष्ठ चुनावी प्रति‚पर्धामा छन्। महामन्त्रीमा नायिका रेखा थापा, डा. धवलशमशेर राणा, श्याम तिमल्सिनाले उम्मेदवारी दिएका छन्।पदाधिकारीअन्तर्गत एक महिलासहित चार उपाध्यक्ष पदका लागि आठ जनाको उम्मेदवारी परेको छ। एक महिलासहित तीन महामन्त्रीका लागि छ जनाको उम्मेदवारी दर्ता भएको छ । समावेशीसहित १४१ केन्द्रीय सद‚यका लागि २६४ जनाले मनोनयन दर्ता भएको छ। केन्द्रीय सद‚यको निर्वाचन विद्युतीय भोटिङ प्रणाली माध्यमबाट सम्पन्न गरिने बताइएको छ।