यस्तो छ आगामी ३ दिनको मौसम

 संवाददाता    २०७८, १५ मंसिर बुधबार ०६:२७     84 जनाले पढ़िसके



Spread the love

०७८ मंसिर १५ गते (बुधबार)

दिउँसो : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमालीभू-भागको थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राती : सुदुरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडीभू-भागको थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात सम्भावना रहेको छ।

२०७८ मंसिर १६ गते (बिहीबार)

दिउँसो : देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको धेरै स्थानहरूमा मध्यम देखि भारी हिमपात सम्भावना रहेको छ।

राती : देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ।सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको धेरै स्थानहरुममा मध्यम देखि भारी हिमपात सम्भावना रहेको छ।

२०७८ मंसिर १७ गते (शुक्रबार)

दिउँसो : देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। पहाडी भू-भागको धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र देशको उच्च पहाडी र हिमाली भू-भागको धेरै स्थानहरुममा मध्यम देखि भारी हिमपातको सम्भावना रहेको छ।

राती : देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ।कर्णाली, गण्डकी, लुम्बिनी, बागमती र प्रदेश १ को पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको धेरै स्थानहरुममा मध्यम देखि भारी हिमपात सम्भावना रहेको छ।

आगामी २४ घण्टामा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात सम्भावना रहेको र देशभर चिसो वढ्ने क्रममा समेत रहेकोले पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यकसुरक्षा एवं सतर्कता अपनाउनुहुन अनुरोध छ ।