टङ्क कार्कीद्वारा पनि सचिवमा उम्मेदवारी दर्ता

 #एमाले महाधिवेशन     २०७८, १३ मंसिर सोमबार ११:३५     459 जनाले पढ़िसके



Spread the love

काठमाण्डाै – एमाले नेता टङ्क कार्कीले सचिव पदमा उम्मेदवारी दर्ता गराएका छन ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि पेस गरेको प्रस्तावमा नपरेका कार्कीले उम्मेदवारी दर्ता गराएका हुन ।

ओलीले प्रस्ताव गर्नुभएको सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम छ । प्रस्तावमा नपरेका भीम आचार्यले पनि सचिवमा उम्मेदवारी दिएका छ्न ।