ओलीको उम्मेदवारी प्रस्तावकमा पौडेल, समर्थकमा पोखरेल

 #एमाले महाधिवेशन     २०७८, १३ मंसिर सोमबार १०:४८     100 जनाले पढ़िसके



Spread the love

नेकपा (एमाले) को अध्यक्ष पदका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन प्रक्रिया सुरु भएलगत्तै आज बिहान ओलीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

ओलीलाई विष्णुप्रसाद पौडेलले प्रस्ताव गरेका छन् भने शंकर पोखरेलले समर्थन गरेका छन् ।

यसअघि अध्यक्ष पदका लागि नेता भीम रावलले उम्मेदवारी दर्ता गराएका थिए । रावललाई महादेव बजगाईंले प्रस्ताव गरेका छन् भने दुधकला विष्टले समर्थन गरेकी छन् ।