घनश्याम भुसालले पनि दिए उपाध्यक्षमा उम्मेदवारी

 #एमाले महाधिवेशन     २०७८, १३ मंसिर सोमबार १०:२७     93 जनाले पढ़िसके



Spread the love

अध्यक्ष केपी शर्मा ओलीको ‘सर्वसम्मत’ सूचीमा पदाधिकारीबाट ‘आउट’ भुसालले सोमबार बिहान आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

ओली आइतबार मध्यराति सहमतिमै नयाँ नेतृत्व चयन गर्ने भन्दै ३०१ केन्द्रीय सदस्य र १९ पदाधिकारीको नामावली बन्दसत्रमा पेस गरे पनि भीम रावल, घनश्याम भुसाललगायतले चुनावै गर्नुपर्ने जिकिर गरेपछि सोमबार बिहान चुनावी प्रक्रिया सुरु गरिएको हो।

एमालेको महाधिवेशन चितवनको सौराहामा जारी छ।