कांग्रेस महाधिवेशनका नजिक निर्वाचन समितिको संयोजकबाट किन महादेव यादवले दिए राजीनामा

 संवाददाता    २०७८, १३ मंसिर सोमबार ०८:३८     83 जनाले पढ़िसके



Spread the love

काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले राजीनामा दिएका छन् ।

यादवले दिएको राजीनामा स्विकृत गरी उनको जिम्मेवारी वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई दिइएको छ । यादवले स्वास्थ्यका कारण राजीनामा दिएको बताइएको छ ।

‘उमेर पनि धेरै भयो । पार्टी महाधिवेशनका लागि धेरै खट्नुपर्छ । हामीले सल्लाह गरेर नै आराम गर्नुस भनेका हौं ।’ निर्वाचन समितिका सदस्य एगराज पोखरेलले भने ।

यस अघिका संयोजक राधेश्याम अधिकारीले राजीनामा दिएपछि यादवलाई उक्त पदको जिम्मेवारी दिइएको थियो । तल्लो तहको अधिवेशन हुँदा संस्थापन पक्षको आडमा एकतर्फी अधिवेशन गराएको आरोप पनि यादव माथि लागेको थियो ।