नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १९ जना पदाधिकारीको नाम सार्वजनिक गरेका छन् । उनले गएराति बन्दसत्र हलमा आफूसहित १९ जना पदाधिकारीको नाम सार्वजनिक गरेका हुन् ।
ओलीले महासचिवमा शंकर पोखरेलको नाम घोषणा गर्दा तीन उप-महासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको नाम प्रस्ताव गरेका छन् ।
सातजना सचिवमा ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पदमा अर्यालको नाम प्रस्ताव गरेका छन् ।
उनले प्रस्तुत गरेको नाममा भीम रावल र घनश्याम भुसाल भने समेटेनन् । यद्यपि ३०१ केन्द्रीय कमिटीको नाम प्रस्ताव गर्दा भने ओलीले रावल र भुसाललाई पनि समावेश गरेका छन् ।