उम्मेदवारी फिर्ता लिन रावललाई दवाव

 संवाददाता    २०७८, १२ मंसिर आईतवार २३:१९     86 जनाले पढ़िसके



Spread the love

चितवन । नेकपा एमालेको जारी महाधिवेशनमा अध्यक्षका लागि उम्मेदवारी दिएका उपाध्यक्ष भीम रावललाई उम्मेदवारी फिर्ता लिन दवाव दिइएको छ ।

सहमतिमै नेतृत्व चयन गर्नुपर्ने भन्दै अध्यक्ष केपी शर्मा ओली र उनीपक्षीय नेताहरूले उम्मेदवारी फिर्ता लिन दवाव दिइरहेका छन् । तर, रावलले भने कुनै हालतमा उम्मेदवारी फिर्ता नलिने अडान राखेका छन् ।

बन्दसत्रमा छिर्नुअघि रावल पक्षका नेताकार्यकर्ताले ओलीको विरोधमा नाराबाजी गरेका थिए भने ओलीका नेताकार्यकर्ताले रावलको विरोध जनाएका थिए ।

नयाँ नेतृत्वको अन्तिम खाका तयार पार्न अहिले अध्यक्ष मण्डलको बैडक बसिरहेको छ । केही बेरमै नयाँ नेतृत्व घोषणा हुने एमाले स्रोतले जनाएको छ ।