ओलीले टुंग्याए पदाधिकारीको नामावली, अध्यक्षमण्डल बसेर अन्तिम रूप दिने

 संवाददाता    २०७८, १२ मंसिर आईतवार २०:४५     61 जनाले पढ़िसके



Spread the love

एमाले अध्यक्ष केपी शर्मा शर्मा ओलीले सहमतिका आधारमा पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको नामावलीलाई अन्तिम रूप दिएका छन् । शनिबारको बन्दसत्रको हलले सहमतिमा नेतृत्व चयन गर्नका लागि अध्यक्ष ओलीलाई अधिकार दिएको थियो ।

आइतबार दिनभरको रस्साकस्सीपछि ओलीले सहमतिको आधारमा पदाधिकारी र केन्द्रीय कमिटीका सदस्यको नामावलीलाई अन्तिम रूप दिएका हुन् । जसका कारण आज बिहान १० बजेबाट सुरु हुने भनिएको बन्दसत्रमा ढिलाइ भएको छ । नेता प्रदीप ज्ञवालीले सर्वसम्मतिमै नेतृत्व चयनका विषयमा नेताहरू सहमति नजिक पुगेको बताएका छन् । अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर फर्किने क्रममा संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले नेतृत्वका विषय करिब टुंगिएको बताए । अध्यक्षमण्डल बसेर अब सहमतिलाई अन्तिम रूप दिने उनको भनाइ छ ।

त्यसपछि अध्यक्ष ओलीले नामावलीलाई बन्दसत्रमा अनुमोदनका लागि प्रस्तुत गर्ने बताइएको छ ।