एमाले महाधिवेशन : बिहान १० बजे बन्दसत्र सुरू हुने, ओलीले केन्द्रीय कमिटीको सूची पेस गर्ने

 #एमाले महाधिवेशन     २०७८, १२ मंसिर आईतवार ०७:५०     86 जनाले पढ़िसके



Spread the love

काठमाडौं– नेकपा एमालेको चितवनमा जारी दशौं महाधिवेशनको तेस्रो दिन चलिरहँदा बन्द सत्र आज १० बजे सुरू हुँदैछ।शनिबार रातिको बन्दसत्रले पदाधिकारी र केन्द्रीय कमिटीमा राख्ने सदस्य चयन गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो। आजको बन्दसत्रमा उनले नाम प्रस्तुत गर्ने बताइएको छ।

ओलीले सूची भने बनाइसकेका छैनन्। आफ्नै समूहका नेताहरूले एउटै पदमा दाबी गरेपछि ओली अप्ठ्यारोमा छन्। त्यसैले बन्दसत्र तोकिएको समय सर्न सक्छ। हिजो पनि पाँच घण्टा ढिलो गरी बन्दसत्र सुरू भएको थियो।

ओलीलाई अधिकार दिइएकोमा उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले असन्तुष्टि जनाएका थिए।