आफूनिकट नेताहरूसँग ओलीको छलफल, जुटेन सहमति

 संवाददाता    २०७८, ११ मंसिर शनिबार १२:३२     81 जनाले पढ़िसके



Spread the love

उपाध्यक्षमा ईश्वर पोखरेल र सुवासचन्द्र नेम्वाङ, महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलको दाबी कायमै

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वमा सर्वसम्मत गर्नका लागि आफूनिकट नेताहरूसँग छलफल गरेका छन् । एमालेमा विगतदेखि आफूलाई साथ दिँदै आएका नेताहरूले ओलीले शनिबार बिहान १० औँ महाधिवेशनको बन्दसत्रस्थल होटल पार्क सफारीमा छलफल गरेका हुन् ।

नेतृत्वमा सहमतिका लागि छलफल भएको तर सहमति भने हुन सकेन । उपाध्यक्षमा ईश्वर पोखरेल र सुवासचन्द्र नेम्वाङले दाबी दोहोर्‍याएका छन् । त्यस्तै, महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलले अडान लिएका छन् । महासचिवमा सुरेन्द्र पाण्डेले पनि दाबी गरेका छन् । उनीहरू पछि नहट्दा सहमति हुन नसकेको हो ।

संसदीय दलका उपनेता नेम्वाङले सहमतिको प्रयास जारी रहेको बताए । उनले सहमतिका लागि अध्यक्ष ओलीले सबैसँग छलफल गरिरहेको जानकारी दिए ।

आफूनिकट नेताहरूसँगको छलफलमा सहमति नजुटेपछि ओली बन्दसत्र स्थलमा जाँदैछन् ।