काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदैछ । चितवनको नारायणी नदी तटमा हुँने महाविधेवशन उद्घाटनमा प्रधानमन्त्री शेरबहादुर देउवा जाने भएका छन् ।
यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने महाधिवेशनमा सहभागी नहुने भएका छन् । यस्तै जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा, राजमोबाट चित्रबहादुर केसी लगायतका नेताहरु सहभागी हुनेछन् ।
महाधिवेशनका लागि भारत, बंगलादेश, श्रीलंका, कम्बोडियालगायत १५ देशका अतिथि आउने पनि बताइएको छ । यस्तै नेकपा ९एकीकृत समाजवादी० पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई भने एमालेले बहिष्कार नै गरेको छ ।
मंसिर गतेसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले मध्याह्न १२ बजे गर्ने कार्यक्रम रहेको छ । महाधिवेशनका लागि देशभरबाट पाँच लाखभन्दा बढी सहभागी हुने बताइएको छ । यस्तै महाधिवेशनमा दुई हजार एक सय ७५ प्रतिनिधि र एक सय २९ पर्यवेक्षक सहभागी हुनेछन् ।