स्वर्गीय नवीन्द्र राज जोशिपत्नी लगायत परिवारका अन्य पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित

 संवाददाता    २०७८, ८ मंसिर बुधबार ११:४०     86 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री स्वर्गीय नवीन्द्रराज जोशीकी पत्नी सपना जोशीको सक्रिय राजनीतिमा यस महाधिवेशनबाट पुनरागमन भएको छ ।विद्यार्थीकालमा राजनीति गरेपनि लामो समय निश्क्रिय रहेकी जोशी काठमाडौं क्षेत्र नम्बर ८ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छिन् । उनले खुल्ला महिलातर्फ सर्वाधिक मत ल्याइन् ।सो क्षेत्रमा २०६४ र २०७० मा नवीन्द्रले संविधानसभा सदस्यको चुनाव जितेका थिए ।नवीन्द्रका दाइ राजुराज जोशी पनि सोही क्षेत्रबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । उनी कांग्रेसबाट काठमाडौं महानगरको मेयरका प्रत्याशी थिए । राजुराजकी पत्नी शोभा जोशी पनि महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी छिन् ।