एमाले स्थायी समिति वैठक आज बस्दै: महाधिवेशन बारे छलफल

 संवाददाता    २०७८, ७ मंसिर मंगलवार ०९:२३     77 जनाले पढ़िसके



Spread the love

दसौं राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल गर्न नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ।

आज बिहान ११ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानको भवन ललितपुरमा बैठक बस्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

एमालेले यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा महाधिवेशन गर्दैछ।

उक्त महाधिवेशन तयारी तथा ५ प्रतिशत प्रतिनिधि मनोनित गर्नेबारे छलफल गर्न आज स्थायी कमिटी बैठक बस्न लागेको हो।