काठमाडौं। नेकपा एमालेले सोमबारका लागि स्थायी कमिटी बैठक बोलाएको छ। तुलसीलाल अमात्य प्रतिष्ठानमा आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
बैठकमा कमिटीले छनोट गर्ने पाँच प्रतिशत महाधिवेशन प्रतिनिधिका विषयमा छलफल हुने बताइएको छ। एमालेको महाधिवेशन मंसिर १० गतेदेखि चितवनमा हुँदैछ। महाधिवेशनमा ओलीविरुद्ध एमाले नेता भीम रावलले उम्मेदवारी घोषणा गरेका छन्।
एमालेमा पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनित गर्ने प्रावधान छ। १० देखि १२ मंसीरसम्म चितवनामा हुने एमालेको दशौं महाधिवेशनमा १ हजार ९९९ प्रतिनिधिले भाग लिँदैछन्।