आजबाट फाइजरको खोप लगाइँदै

 संवाददाता    २०७८, २८ कार्तिक आईतवार ०९:४३     88 जनाले पढ़िसके



Spread the love

काठमाडौं- आजबाट देशभर फाइजरको खोप लगाइने भएको छ। अमेरिकाले कोभ्याक्स सुविधामार्फत दिएको फाइजर खोप आजबाट पहिलो मात्रा दिन लागिएको हो।

आजबाट लगाइने खोप अभियान ४ गतेसम्म चल्ने छ। फाइजर खोप देशभरका २४ अस्पतालमा लगाइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। यस मध्ये काठमाडौं उपत्यकाका ८ अस्पताल छन्।

दोस्रो डोज मंसिर २७ गतेदेखि पुस २ गतेसम्म लगाइने जानकारी दिइएको छ। १२ वर्ष उमेर माथिका दीर्घरोगीलाई खोप दिइन लागेको छ। यी स्थानबाट लगाइने छ खोप