१० भाइलाई आफ्नाे पार्टीमा आउन माधव नेपालको आह्वान

 संवाददाता    २०७८, १८ कार्तिक बिहीबार ०९:५६     58 जनाले पढ़िसके



Spread the love

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा रहेका १० भाइलाई आफ्नाे पार्टीमा आउन आह्वान गरेका छन् ।एमालेमा गएर पछुताइरहेको भन्दै अध्यक्ष नेपालले अझै केही नबिग्रिएकाले आफ्नाे पार्टीमा आउन आग्रह गरे ।मध्यपुर थिमिमा आयोजित शुभकामना आदानप्रदानमा उनले भने, ‘त्यहाँ गएर पनि पछुताइरहेका छन् । ठिक छ तपाईंहरूले हेर्नुभयो, भोग्नुभयो, छाम्नुभयो, पीडा सहनुभयो । अब त फर्केर आए पनि हुन्छ । स्वागत छ ।’ अध्यक्ष नेपालले आफूहरूसँग ईर्ष्या गर्नेहरूको हालत खत्तम हुने भन्दै त्यस्ताहरूको पछि कोही नलाग्न अनुरोध गरे राम्रो पार्टीमा आउनुस् । हामीसँग आउनुस्,’ उनले भने, ‘हामी सहि निष्कर्ष पुग्ने, सही बाटोमा पुग्ने पार्टी हो । कलम छापलाई जिताउने हो । समाजवादमा जाने हो ।’।