अबदेखि क्यूआर कोडसहितको खोप प्रमाणपत्र स्थानीय तहबाटै

 संवाददाता    २०७८, १७ कार्तिक बुधबार १८:०१     51 जनाले पढ़िसके



Spread the love

काठमाडौँ- अब कोभिड-१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र स्थानीय तहबाट रुजु हुने भएको छ । बुधबारदेखि क्यूआर कोड प्राप्‍त खोप प्रमाणीकरणमा समस्या भएमा स्थायी ठेगाना भएको स्थानीय तहमा सम्पर्क राख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भनेको छ ।असोज २० गते मन्त्रालयको निर्णयानुसार क्यूआर कोडसहितको खोप कार्ड स्थानीय तहबाट रुजु हुने भएको हो । कार्ड प्राप्त गर्न केही समस्या भएमा आफ्नो स्थानीय तहमा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ ।स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले जारी गरिएको सूचनामा लेखिएको छ अनलाईन आवेदन दिएपश्‍चात केही समस्या परेमा स्थायी ठेगाना भएको महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका वा गाउँपालिकामा सम्पर्क गर्नुहुन अनुरोध छ ।’