प्रधानन्यायाधीश राणाले आज पनि तोकेनन् आफ्नो लागि पेसी, बन्दी प्रत्यक्षीकरणका ६ इजलास

 संवाददाता    २०७८, १६ कार्तिक मंगलवार ११:३२     56 जनाले पढ़िसके



Spread the love

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज पनि आफू बाहेकको इजलास गठन गरेका छन्। प्रधानन्यायाधीश राणाले आज ६ वटा इजलास तोकेका हुन्। सवै इजलासमा बन्दी प्रत्यक्षीकरणको मुद्दामा मात्र सुनुवाइ हुनेछ। आजका लागि राणाले दीपककुमार कार्की र प्रकाशमान सिंह राउत, मीरा खड्का र हरिकृष्ण कार्की, वमकुमार श्रेष्ठ र कुमार चुडाल, प्रकाश कुमार ढुंगाना, सुष्मालता माथेमा, तेजबहाजुर केसी र कुमार रेग्मीको इजलास तोकेका हुन्। राजीनामाको दबाबपछि राणाले सम्मानजनक बहिर्गनमका लागि समय दिन आग्रह गरेका छन्। मन्त्रिपरिषदमा भागवण्डा खोजेको लगायतको विषयले राणा विवादमा परेका थिए।