नेपालगञ्ज विमानस्थलमा सीता एअरको जहाज बँदेलसँग ठोक्कियो

 संवाददाता    २०७८, १६ कार्तिक मंगलवार ०९:१९     64 जनाले पढ़िसके



Spread the love

काठमाण्डाै – नेपालगञ्ज विमानस्थलमा सीता एअरको जहाज बँदेलसँग ठोक्किएको छ । बिहान नेपालगञ्जबाट हुम्लाको सिमकोट उड्ने क्रममा सीता एअरको डोर्नियर जहाज बँदेलसँग ठोक्किएको नेपालगञ्ज विमानस्थलका प्रमुख सुवास झाले बताउनुभयो ।अहिले जहाजलाई धावनमार्गबाट पार्किङमा ल्याइसकिएको छ । जहाजमा तीन जना चालक दलका सदस्यसहित १४ जना यात्रु थिए । जहाजमा सामान्य क्षति बाहेक यात्रु सुरक्षित रहेको सीता एअरले जनाएको छ ।