प्रधानमन्त्री देउवा र भारतीय समकक्षी माेदीबीच ग्लास्गोमा भेटवार्ता

 संवाददाता    २०७८, १६ कार्तिक मंगलवार ०८:४९     50 जनाले पढ़िसके



Spread the love

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र माेदीबीच सोमबार स्कटल्यान्डको ग्लास्गोमा भेटवार्ता भएको छ ।जलवायु परिवर्तनसम्बन्धी २६औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६)मा सहभागी विश्व नेताहरुको शिखर बैठकको क्रममा ग्लास्गोमा सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको हो ।यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि प्रधानमन्त्री देउवाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनको मुद्दाबारे प्रभावकारी ढंगले उठाएको बताएका छन् । आगामी दिनमा दिगो विकासका लागि आफूहरुबीचको सहकार्य महत्त्वपूर्ण रहेको पनि उल्लेख गरेका छन् ।